२ असोज २०७८ दिउसो करिब दुई बजे तिर म पेप्सिकोला, गोठाटार हुदै चाबहिल पुग्नु थियो। चाबहिलको हिमाल डेन्टल मा दातको उपचारका लागि। 

र मित्रपार्क को ओरालो बाट सिधै चाबहिलको स्तुपा निस्किने भित्रको एउटा बाटो छ। रोड मा पुगेपछि दायातिर पर्ने चाबहिल चोकतिर सिधै जान मिल्दैनथ्यो त्यहा बिचमा डोरि लगाईएको हुन्थ्यो त्यसैले बायातिर मोडेर अलिकति तल पुगेपछि डोरि सकिन्छ र घुमाउनु पर्थ्यो।  म हरेक पल्ट जादा त्यसै गर्थे।  मेरा हात, आखा र सायद बाईक लाई समेत स्पष्ट स्मरण भैसकेको थ्यो होला अब यताबाट दाया जान मिल्दैन डोरि छ भन्नेकुरा। 

त्यस दिन पनि बाया तिर लागे अलि तल पुगेपछि बाईक मोड्न खोज्दा जे देखे बिलकुल अविश्वसनिय थियो

 र गदगदि हासिरहेको थिए- स्थिति अलि फरक थियो, त्यहा डोरि थिएन। 

 यसको मतलब, म बायतिर तलसम्म गएर यु-टर्न गरेर फर्किन जरुरि थिए, सिधै जान मिल्थ्यो। 

सतहबाट हेर्दा एकदम सामान्य कुरा छ- डोरि छैन भन्ने कुरा देखिएन।  तर यसको गहिराई हेर्न खोज्ने हो भने मानिसको स्वभाब, हाम्रो मस्तिश्कमा गढिएर बसेका आस्था र बिश्वास र हामि भित्रको कमजोरि लुकेर बसेको छ। 

तपाई हाम्रा कति यस्ता धार्मिक तथा सांस्कृतिक मुल्य-मान्यता र बिस्वासहरु छन जसको पछाडि को कारण 

सोध्यो भने अत्तोपत्तो छैन  हामिलाई ? यो कुरा अझै स्पष्टरुपमा बुझ्न,  एउटा Experiment अर्थात परिक्षण भएको थियो, आउनुस त्यसको बारेमा छोटकरिमा बुझुम 

Five Monkeys Experiment पाचवटा बादरहरुको परिक्षण |

एकजना अनुसन्धानकर्ता (Researcher) ले पाचवटा बादरहरु लाई एउटा बन्द पिंजरा भित्र कैद गरेर राख्छन। त्यसको माथि डोरिमा झुन्डाएर केहि दर्जन केरा र त्यसको ठिक मुनि एउटा सिढि (Ladder) राखिदिन्छन ताकि त्यसमा चढेर केरा चुडेर खान मिल्ने होस। 

अब पहिलो बादर सिढि मा चढ्छ र केरा चुड्न खोज्छ, यतिबेलै अनुसन्धानकर्ता ले सबै पाचवटै बादर भिज्ने गरि माथिबाट पाच मिनेट सम्म चिसो पानि छर्किन्छन र सबै बादर निथ्रुक्कै भिज्छन। पानि रोकिएको केहि मिनेट पछि अर्को बादर चढ्न खोज्छ र अनुसन्धानकर्ता ले फेरि माथिबाट पाच मिनेट सम्म चिसो पानि छर्किन्छन सबै बादर फेरि भिज्छन र यसपछि अनुसन्धानकर्ता पानिको पाईप त्यहाबाट निकाल्छन र अब पानि नछर्किने निर्णय गर्छन।  

तर यसपछि जब तेस्रो बादर चढ्न खोज्छ अरु चार वटा बादर मिलेर त्यसलाई तल खसाल्छन र चढ्न दिदैनन किनकि उनिहरुलाई यसको नतिजा थाहा छ | यसरि उनिहरुको बुझाई नै के हुन्छ भने  -केरा खान जानु हुदैन गयो भने बेकारमा भिजिन्छ। 

अब अनुसन्धानकर्ता ले एउटालाई निकालेर एउटा नया बादर ल्याउछन जसलाई पानि पर्छ भन्ने कुराको केहि अन्दाज नै छैन। जब उस्ले केरा झुन्डिरहेको र त्यसकै मुनि सिढि पनि राखिएको देख्छ, किन कसैले नखाएका भन्दै उ चढ्न खोज्छ।  उसले सिढिको पहिलो तल्ला मा के समातेको थियो पुराना चारवटा मिलेर त्यसलाई तल खसाल्छन।  उ जतिजति चोटि फेरि जाने प्रयास गर्थ्यो अरु चार मिलेर झार्ने, मिलेर कुट्ने गर्थे। अब यस नया बादरले के बुझ्छ भने – केरा खान जानु हुदैन गयो भने कुटाई खाईन्छ। 

अब अनुसन्धानकर्ता ले सुरुका चारमध्य को एउटालाई निकाल्छन र अर्को एउटा नया लाई लिएर त्यसमा राख्छन। जब यो नया बादर केरा टिप्न जान खोज्छ तब बाकि चार( पुराना ३ र त्यसपछि को १) मिलेर त्यसलाई त्यसरि नै तल झार्छन तेस्को पनि कुटाई हुन्छ। तर यतिबेला कुट्नेहरुमा दोस्रो चरणमा ल्याईएको एउटा नया बादर थियो जो कहिल्यै भिजेको थिएन तरपनि उ भित्र सिढि चढ्नु हुदैन केरा खानु हुदैन भन्ने बिस्वास एति बलियो गरि गढिएको थियो कि उ अब कोहि चढ्न खोजेको देख्दा त्यसलाई रोक्ने र नमान्दा कुट्न थालिसकेको थियो। 

यसरि एकपछि अर्को गर्दै अनुसन्धानकर्ता पुराना बचेका ३ वटा बादर लाई पनि निकालेर नया थप्दै जान्छन र अब सबै पाच बादर नया छन। 

यसरि हरेक पल्ट जब कोहि, नया आउने बादर जान खोज्थ्यो अरु चारवटा मिलेर फेरि त्यस्तै गर्थे यधपि यि मध्य कसैले पनि कहिल्यै पानिले भिज्नु परेको सजाय पाएका छैनन। 

यसरि यि बादरहरुमा अब नया बिस्वास र मान्यता को जन्म हुन्छ कि – केरा को लालच/प्रलोभनमा पर्नु हुदैन।

शुरुवाति बादरहरुले पो पानिले भिजिन्छ भन्ने डर ले चढ्न बन्देज लगाएका थिए त,  त्यसपछिका बादरहरुले किन नचढ्ने भन्ने कुरा कहिल्यै प्रश्नै गर्न जरुरि ठानेनन, न आफुले केरा खाने प्रयास गरे न कोहि अरुलाई चढ्न दिए तर अब पानि पर्न रोकिसकेको थियो।  चाहनु भने मजाले चढेर केरा खान पाऊथे। 

तर उनिहरु त जनावर हुन, कुरा चित्तबुझ्छ कि उनिहरुमा प्रश्न गर्ने, सहि गलत छुट्याउने, सोच्ने, कल्पना गर्ने चेतना को बिकाश भएको हुदैन तर दुखलाग्दो कुरा चै के भने एस्तो बिबेकशिल,सम्बेदन्शिल दिमाग भएका हामि मान्छे पनि प्रश्न गर्दैनौ, जसरि चल्दै, मानिदै आएको छ त्यस्तै बनिदिन्छौ। हामिले मान्ने जातका कुरा, धर्मका कुरा,मुल्य मान्यताका कुरा, राजनितिक बिचारधाराका कुरा,  कहि कतै कसैमा, केहि न केहि कम्जोरि लुकेर बसेका छन, जुन कारणले सुरु भएका थिए सायद आज ति कुरा Relevant नहुन सक्छन, समय सापेक्ष , सान्दर्भिक नहुन सक्छन।  

एउटा आफ्नै जिन्दगिको छोटो अंश सुनाउछु – २०७२ साल माघमा बुवाको निधन भयो। काजक्रिया को कामहरु मैले नै गरे – सकभर जति लामो समयसम्म यो जुठो बार्यो त्यति नै राम्रो भन्ने सबैजनाको ठम्याई छ र मैलेपनि एक बर्ष सम्म बारे। तर मलाई एउटा के कुरा ले चै अप्ठ्यारो मह्सुस गराईरह्यो भने हरेक एकएक बर्षमा सराद गरिरहनुपर्छ र हरेकचोटि कपाल खौरिनु पर्छ र कपाल खौरिएपछि फेरि पुरानै जस्तो लामो हुन मलाई ४/५ महिना लाग्छ |

 मेरो कपाल लामो छैन भने मलाइ बाहिर निस्किदा पनि के नसुहाको के नसुहाको जस्तो हुन्छ, कन्फिडेन्स नै लो भएजस्तो। बुवा प्रतिको माया, स्नेह, सम्मान कहिलै कम भएको हैन तर बुवाप्रतिको मेरो माया देखाउन मैले किन कपाल नै खौरिन जरुरि छ भन्ने कुरा कताकता चित्त बुझेको थिएन र मैले किन मान्छे मर्दा कपाल खौरिनै पर्छ , किन सुरु भएको यो चलन भन्ने कुरा खोज्दै जादा के भेटाए भने – कोहि आफन्त कोहि प्रिय मान्छे मर्नु भनेको आफैमा एउटा उदासिन पिडादायिक समय हो। एस्तो स्थितिमा स्वभाबिकरुपमा मान्छे Mentally Stressed हु्न्छ दिमाग अनेक थरि कुराले घेरिएको हुन्छ र एस्तो बेलामा टाउको नन्गायौ भने चिसो हावाले टाउको लाई शितल बनाउछ जस्ले केहि हदसम्म दिमागमा भएको Stress, त्यो भारिपन लाई कम गर्छ भन्ने बिस्वासले कपाल खौरिने चलन सुरु भएको रहेछ। 

 भन्नाले तपाईले कपाल खौरिनु नखौरिनुमा तपाईले आफ्नो कर्तब्य पुरा गरेको या आफ्नो कर्मबाट पछि हटेको जस्ता तर्कहरु औचित्यहिन छन। 

अब अहिले सम्म त मलाई बुवा को निधनको कुराको पिडा छैन नि हैन तर यदि अब कपाल किन खौरिने भनेर प्रश्न गरेभने मैले निकै ठुलाठुला प्रवचन सुन्नु पर्छ। 

यो एउटा सानो उदाहरण मात्र हो 

 हाम्रो जातलाई लिएर, हाम्रा परम्परालाई लिएर, हामिले मान्ने धर्मलाई लिएर, राजनितिक पार्टि र यिनका सिद्धान्तहरु लाई लिएर, शिक्षा लाई लिएर शिक्षाप्रणालि लाई लिएर, ठुलाबडा लाई लिएर ठुलाबडाका कुरा लाई लिएर 

तपाई हामि भित्र कति यस्ता तर्कहिन मुल्य मान्यता र बिस्वासहरु होलान जस्को आजको दिनमा सान्दर्भिकता 1 % पनि नहुन सक्छ बरु उल्टै नराम्रा असरहरु छन, यो हो त्यो हैन, एस्तो हो तेस्तो हैन, यो सहि त्यो गलत यि सब कुरा भन्दा माथि उठेर, बिस्वास गरिएका हरेक कुरामाथि प्रश्न गर्न जरुरि छ। 

नत्र ति बादर हरु जस्तै माथि नै झुन्डिएका केरा नखाई बसिन्छ जबकि पानि पर्नै रोकिसकेको हुन्छ र पानिको कारणले जान नमिल्ने नियम शुरु भको थियो भन्ने पनि पत्तो हुदैन र हरेकदिन डोरि नभएकै बाटोमा पनि बाईक़ मोड्न मिल्दैन भन्ने सम्झेर अर्को बाटो लागिन्छ। 

त्यसैले  “ Believe Nothing, Question Everything “ 

One thought on “Believe Nothing, Question Everything | Five Monkeys Experiment पाचवटा बादरहरुको परिक्षण |”

Leave a Reply

Your email address will not be published. Required fields are marked *