३ अक्टोवर २०२१ का दिन प्यान्डोरा पेपर्स  सार्बजनिक भएसन्गै,सिन्गो देश र बिस्वको अर्थतन्त्र माथि नै भएका, ईतिहास कै सबैभन्दा ठुला फाइनान्सियल स्क्याम ( financial scam) हरुको पर्दाफास भएको छ । के हो त यो  प्यान्डोरा पेपर्स आउनुस छोटकरिमा बुझुम |

बिश्वका ११७ भन्दा बढी देशहरुका ६०० भन्दा बढि पत्रकारहरु मिलेर बनाईएको एउटा समुह छ जसलाई ICIJ ईन्टरनेशनल कन्सोर्टियम अफ ईन्भेस्टिगेटिभ जोर्नालिस्ट ( International Consortium of Investigative Journalists) भनेर भनिन्छ। यस सन्गठनले देशको नियम कानुन भन्दा बाहिर गएर या ति नितिनियम भित्रै भएका कमजोरिहरुको फाईदा उठाउदै आर्थिक कारोबारमा भएका अनियमितता हरुका बारेमा गोप्य अनुसन्धान गरेर ति सम्पुर्ण ब्यक्ति तथा सस्थाहरुको सुचि सार्बजनिक गरेको छ, जस्लाई प्यान्डोरा पेपर्स (Pandora Papers)  भनिन्छ। यसअघि २०१६ मा पनि पानामा पेपर्स (panama papers) नामले यस्तै अनियमितता हरुको खुलासा भएको थियो |

यसभित्र परेका नामहरुको लिस्ट एति लामो छ म कहासम्म गनु तपाई कतिसम्म सम्झिनु हुन्छ।

  जोर्डनका शासक राजा , अजरबैजानका रास्ट्रपति , चेक रिपब्लिक का प्रधानमन्त्रि युक्रेनका रास्ट्रपति,  भारतिय क्रिकेटर सचिन तेन्दुलकर, अनिल अम्बानि, बिस्वप्रसिद्ध पपगायिका साकिरा लगायत ३ सय अन्य सेलिब्रेटी, नेता, र businessman हरु सामेल छन।

नेपालबाट प्यान्डोरा पेपर्स मा नाम आउनेहरुमा बिनोद चौधरि, गोल्छा अर्गनाईजेसन, Hotel Yak & Yeti का मालिक राधे श्याम सरफ, राजेन्द्र शाक्य, पुरुसोत्तम पौडेल, सुधिर मिट्टाल लगायत जम्मा १६ जनाको नाम सार्बजनिक भएको छ। 

यि मान्छेहरुले बास्तबमा गरेका चै के थिय त भन्ने प्रश्न सबैलाई हुनसक्छ त्यसको बारेमा बुझुम 

कुनैपनि देशले बाटोघाटो, अस्पताल, बिध्यालय, पुल निर्माण गर्न होस या शिक्षक,आर्मि ,पुलिस  या अन्य सरकारि जागिरे हरुको तलब दिन, या नेता तथा मन्त्रिहरु लाई सेवा सुबिधा दिन होस , हरेक काम चाहिने पैसा देशका नागरिक बाटै करको रुपमा उठाउने हो। 

तपाई हामि जस्तो सामान्य ब्यक्ति लाई त घरको, जग्गाको, आम्दानिको Tax तिर्नु पर्छ भने ठुलठुला धनाढ्यहरुले तिर्नुपर्ने Tax करोडौ अर्बौ मा हुन्छ। 

जस्तो तपाईले १ सय कमाउनु भो र Tax Rate ३० प्रतिशत छ भने तपाईले सरकारलाई ३० रुपैया कर तिर्नु पर्छ। 

तर तपाईले कमायको १ सय मा मैले ८० रुपैया अर्को कुनै बिजनेस मा लगानि गरेको छु म सन्ग २० रुपैया मात्रै छ भन्नु भो भने अब तपाईको Tax Rate पनि घटेर आउछ र तपाईले ३० रुपैया हैन जम्मा  ३/४ रुपैया मात्र तिर्नुपर्ने हुन्छ। अब लगानि गरेको छु भनेको त्यो ८० रुपैया कहा लुकाउने भन्ने समस्या आउछ किनकि सिधै बैन्क मा राख्नु भो आम्दानिको स्रोत खोज्छ, सम्पति बिवरण देखाउनु पर्छ।  यस्तो स्थितिमा भएका मान्छेहरु लाई सहयोग गर्न बिभिन्न देशमा गोप्यरुपमा एस्ता निकायहरु बनेका हुन्छन जस्ले यिनिहरुको पैसा लग्छन, ठुल्ठुला आलिसान महल, सामुन्द्रिक टापुहरु मा घर जग्गा, पानिजहाज जस्ता सम्पति हरु किनिदिन्छन र नाम मात्रको नक्कलि कम्पनि दर्ता गरेर लगानि गरेको छु भन्ने प्रमाण बोकेर ढुक्क सन्ग बस्छन। 

यसरि कर छलेको पैसा सुरक्षित रुपमा राख्न मिल्ने तेस्ता बिदेशि ठाउहरु लाई Tax Haven Country भनेर भनिन्छ।  ब्रिटिस भर्जिन आईल्यान्ड , एन्डोरा, बर्मुडा, के-म्यान आईल्यान्ड, सिन्गापुर,दुबै, मोनाको, पानामा, यस्ता कति ठाउ छन। 

र देशमा कमाएको पैसा अरु देशमा पठाउने यस्ता कार्यहरुलाई  अफसोर ब्यान्किन्ग  Offshore Banking “अफशोर ब्यान्किन्ग” भनेर भनिन्छ। तर अचम्मको कुरा चै के भनेनि अफसोर ब्यान्किन्ग लाई पुर्णरुपमा कानुनि अपराध भन्न मिल्दैन। 

नेपालको सम्बिधान को एउटा एस्तो धारा छ जहा लेखिएको छ “कुनैपनि नेपालि नागरिक यदि बर्षमा १३८ दिन देशभन्दा बाहिरै बस्छ भने त्यसलाई नन-रेजिडेन्ट अर्थात गैर आवासिय नेपालि को रुपमा गनिने छ र त्यस ब्यक्तिले बिव्सको जुनैपनि देशमा पैसा लगेर लगानि गर्न पाउनेछ ” र म त्यसकै फाईदा लगिरहेको छु भनेर बिनोद चौधरिले एउटा किताबमा लेखेका थिय।  

सम्बिधानमा लेखिएका यस्ता बुदाहरुमा सामान्य मान्छेहरुको कैले नजर जादैन , बुझ्ने मान्छेहरु केहि बोल्दैनन।

  यस्ता बुदाहरु राख्न जरुरि छ भन्ने कस्ले सोच्यो होला ? कस्ले सल्लाह दिन्छ होला, जस्ले देशमा जम्मा ८/१० वटा मान्छेहरुलाई मात्र फाईदा पुगेको छ ? जस्ता प्रश्नहरुपनि आफैमा रहस्यमय छ्न। 

बिस्वका हरेक देशमा राजनितिक पार्टी र धनाढ्य ब्यक्तिहरु बिच नजिकको सम्बन्ध हुनुको पछाडिका कारणहरु पनि सायद प्र्श्न गर्न जरुरि छ कि त  ?

अब कानुनिरुपमा रुपमा हेर्दा मैले केहि गल्ति गरेको छैन, नियम बिपरित केहि गरेको छैन भन्ने बलियो जवाफ यि सबै ब्यक्तिहरु सन्ग़ छ। 

तर नैतिकरुपमा हेर्दा, रास्ट्रप्रतिको ईमान्दारिता का हिसाबले हेर्दा यो एउटा धोका भएकै हो। 

जस्तो मानौ “एकजना बुवाले आफ्नो छोरोलाई ला यो हजार रुपैया, जा जे जे मन लाग्छ खाएर आईज भनेर पठाए। अब फर्केर आउदा छोरोले गाजा चरेस रक्सि खाएर पुरै मातेर आयो अनि बाउले के गरेको एस्तो भनेर सोध्दा अनि तपाइले नै जे मन लाग्छ खाएर आइज भन्नुभको हैन भनेर जवाफ फर्काय जस्तै हो।  

जे पनि खा भनेको जाडरक्सि खाएर बाउकै बदनामि हुने काम गर भनेको त हैन नि हैन , बस कुरा यति हो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *