My eyes were literally full of tears!

कुरा अर्जेन्टिनाले जित्यो सङ्ग हैन

असार साउनको हरेक बिहान घामको उज्यालोले जमिन छुनुभन्दा पहिले पानिको बर्सातसङ्गै 

काधमा हलो र गोरु बोकेर खेत जोत्न हिडेको एक किशानले कार्तिक मङ्सिरमा खेतभरि फलेका 

बालि हेर्दा महशुस गर्ने खुसि हो l 

जिन्दगिभर दुखले जोडेको एकटुक्रा जमिन धितो राखेर कर्जगरि बिदेश पठाएको छोरोले 

दशै मा सुटकेश बोकेर आएको देख्दा एक बुवाले महशुस गर्ने खुसि हो l 

सडक छेउमा चर्को घाममा तातो आगोमा मकै पोलेर दुखले पढाएकि छोरी ले जागिर खाएर 

आमालाइ किनेर ल्याइदेको सारी लगाउदा एक आमाले महशुस गर्ने खुसि हो l 

घर-परिवार, धन-दौलत, नाम-प्रतिष्ठा केहिको प्रवाह नगरी सत्यको खोजिमा हिडेका एक 

बुद्ध ले मोक्छ प्राप्ति गर्दा महशुस गर्ने खुसि हो l

आफुसङ्ग भएजति पैसा, समय, बुद्धि-बिबेक सबचिज खर्चिएर जीन्दगि नै समर्पित गरिएको काममा 

बारबारको असफलतापछि अन्तत रकेटले टेक-अफ गर्दा Elon Musk ले महशुस गर्ने खुसि हो l    

 एउटा खोज सार्थक भएको दिनको खुसि हो l  

हामी सब अनेक सपना लक्ष्य बोकेर कुनै एक दिशातिर बाटो पैलाउदै छौ होला l SLC पासगर्दा १६ बर्ष पुगिसकेका थियौ 

Plus Two सकेर Bachelor पढ्दै गर्दा कतै कुनै कुराले हिट गर्छ र म त जीन्दगिमा यो गर्नुपर्ने मान्छे हो जस्तो लाग्छ अनि

तेस्पछिको 5/7 बर्षको कडा मेहनत र खोजपश्चात त्यो लक्ष्य प्राप्तगरेको दिन तपाइले आफैलाइ भन्ने शब्द के हुन्छनहोला ? 

आफैले आफैलाइ स्याबासी कति दिनुहुन्छ होला ?

यो सब मेहनतको लागि पनि तपाइ तारिफ र प्रशन्साको योग्य जरुर हुनुहुन्छ  l 

 जिन्दगि, लक्ष्य भन्ने शब्दको अर्थ बुझ्नु भन्दा पहिले देखि Football खेल्न थालेका ब्यक्ति जस्को जिन्दगिको किताब लेख्यो भने 

हरेक पंनाको हरेक लाइनमा फुटबल भन्ने शब्द आउछ तेस्तो Messi ले Copa America जित्त्दा कति तारिफ र प्रशन्सा गर्ने?

खल्तिमा पैसा नहुदा Practice सकेर लागेको भोक मेटाउन Burger Station मा गएर बचेको (left over) छ भने दिनुन भन्दै माग्नु परेको तेस्तो गरिबिमा बाल्यकाल बिताएका Ronaldo सङ्ग अहिले लगभग Billion dollor को Networth छ भन्दा, तेस्तो Ronaldo ले आफ्नो देशलाइ  Euro Cup को ताज पहिराएका छन भन्ने सुन्दा खुसि मनाउने या नमनाउने ? तारिफ गर्ने या नगर्ने ?

यो मेरो आफ्नो त्यो पराइ , यो सहि त्यो गलत भनेर छुट्टाउन थालियो भने जिन्दगिमा ठुलै नोक्सानि बेहोर्नु पर्ने छ, धेरै सिक्ने र बुझ्ने अवसरहरु गुमाउने छौ l 

धेरैलाइ थाहा छ Coke,Pepsi जस्ता पेयपदार्थ कतिसम्म हानिकारक छन भन्ने l युरोकपको press conference मा ColdDrinks स्वास्थ्यका लागी फाइदा हैन उल्टै घाटा छ भन्ने सन्देश दिनकै लागि पैसा, दुश्मनि केहिको प्रवाह नगरि, बिज्ञापनको लागी टेबलमा राखिएको Coke को बतल उठाएर डस्बिन मा हालिदिने रोनाल्डो मेरो आफ्नो कि 

फाइदा छैन भन्ने थाहा हुदाहुदैपनि म हरेक दिन पिउछु, मेरो स्वस्थ शरिरको राज नै यहि हो, बच्चै देखि खादै आइरहेको छु भनेर Real Juice , Chyawanprash को बिज्ञापन मा खेल्नुभएको Rajesh Hamal मेरो आफ्नो ? 

राजेश हमाल नराम्रो भनेको हैन, माथि नै भनिसके कोहि सहि या गलत भनेर छुट्टाउनु मुर्खता हो, बयान तारिफ गर्नलाएक र हेरेर केहि सिक्न सकिने तेस्ता हजार काम गर्नुभएको छ होला उहाले तर यो बिज्ञापन वाला काम त्यसमा पर्दैन l  यति कुरा देख्न सक्नुपर्छ l

तात्पर्य एउटै के भन्दा हरेक राम्रा कामको प्रशन्सा गरौ, हरेक नराम्राको आलोचना l 

भगवान कसैलाइ नमानौ , मानिएका भगवानमाथि बरु प्रश्न गरौ l 

यहि राम्रो नराम्रो , मेरो भगवान तेरो भगवान को कालोचस्मा लगाइदिएर गएका छन कोहि

र त अहिलेसम्म हामि त्यहि काङ्ग्रेस एमाले माओबादि,

ओलि देउबा प्रचन्ड अनुहार मात्र देख्छौ एत्रो बिधि कर्तुत देख्दादेख्दै पनि l

 त्यसैले त अहिलेसम्म देश जहाको त्यहि छ l जीम्मेवार हामि सब हौ र हाम्रो कमजोरी त्यहि सही गलतको चस्मा l 

मेरो भगवान सही तेरो भगवान गलत वाला यहि चस्मा ले भारत बाट पाकिस्तान टुक्रियो , धर्मकै नाममा बर्सौपिच्छेको हुलदङ्गा ले 

हिसाब छैन कति लाखले ज्यान गुमाएका छन l

गेट बाहिर भिखारि भोकले लडिरहेको हुन्छ, दुध फलफुल मन्दिरभित्रको ढुङ्गालाइ 

चढाएर थाहा छैन कुन भगवानलाइ खुसि पार्न घुस दिइदैछ  l 

साच्चै यो भगवान को हो त ? कहाँं छ ? छ या छैन ? प्रश्न गर्न जरुरि छ जस्तो लागेन तपाइलाइ ?

One thought on “I Forgot All my problems for a moment seeing Messi’s reactions!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *