एकदिन एकजना महिला आफ्नो घरबाट बाहिर निस्किदैथिन 

र उनले आगनमा सेतो लामालामा दाह्रि पालेका तिनजना बुढा 

ब्यक्तिहरुलाइ देखिन l 

र भनिन ” मलाई लाग्दैन कि म तपाइहरुलाइ चिन्छु तर सायद तपाइहरु भोकाएको हुनुपर्छ 

आउनुस भित्रै आउनुस म केहि खानेकुरा ल्याउछु ” 

भित्रछिर्नु अघि उनिहरुले सोधे  ” तपाइको श्रीमान भित्रै हुनुहुन्छ ? ” 

“अह ! बाहिर जानुभएको छ l ” महिलाले जवाफ दिईन l 

“उसोभए हामि आउन सक्दैनौ ” प्रतिउत्तर दिए 

जब साझपख ति महिलाका श्रीमान घर आउछन 

ति महिलाले ति तिनजना ब्यक्तिहरुको र उनिहरु बिच भएका सम्बाद 

का बारेमा सबै सुनाउछिन र पतिले जवाफ दिन्छन 

” जाउ अब म घर आइसकेको कुरा सुनाउ र भित्रै बोलाउ ” 

त्यसपछि उनि बाहिर निस्कन्छिन र भित्र आउनका लागि आग्रह गर्छिन 

“हामी कुनैपनि घरभित्र सङ्गै जादैनौ” उनिहरुको जवाफ आउछ l 

“किन तेस्तो चै ?” उनले प्रश्न गर्छिन 

ति तिनजना मध्य एउटा पुरुषले भन्नथाल्छन 

एकजना तिर इशारा गरेर भन्छन उसको नाम धन (Wealth) हो l 

र अर्को तिर इशारा गर्दै उसको नाम चाही सफलता (Success) हो अनि 

म चै प्रेम (Love) l 

अब तपाइ भित्र जानुस आफ्नो श्रिमानसङ्ग सल्लाह गर्नुस र भन्नुस 

हामिमध्य कसलाइ तपाई आफ्नो घरमा आओस भन्ने चाहनु हुन्छ l 

ति महिला भित्र जान्छिन र उनिहरुले भनेको कुरा श्रिमानलाइ सुनाउछिन 

“कस्ता राम्रा मान्छे” श्रिमानको जवाफ आउछ र भन्छन जाउ धन (Wealth) लाई बोलाउ 

र हाम्रो घर धनसम्पतिले भरौ l 

उनले असहमति जनाउदै भन्छिन “सुन्नुन बरु सफलता (Success) लाई बोलाउ न हुदैन ?” 

त्यतिकैमा उनकि बुहारि आइपुग्छिन र भन्छिन ” सबैभन्दा उत्तम त प्रेम (Love) लाई बोलाउदा होलानि हैन त ?

हाम्रो घर नै पुरै प्रेमले सजिनेछ l ” 

बुहारीको यो कुरामा सहमत हुदै उनि बाहिर गएर सोध्छिन

” तपाइहरु मध्य प्रेम (Love) को हो ? क्रिपया भित्र आउनुस र हाम्रो पाहुना बन्नुस l “

प्रेम (Love) उठ्छन र भित्रतिर हिड्न सुरु गर्छन र अरु दुइजना पनि उठेर उसलाइ 

पच्छाउदै पछिपछि लाग्छन l 

यो देखेर अचम्ममा पर्दै फेरि ति महिलाले सोध्छिन 

” मैले त प्रेम (Love) लाई मात्र बोलाएकि थिए तिमिहरु पनि किन आएका फेरि ?” 

उनिहरुले सङ्गै जवाफ दिन्छन 

” यदि तपाइले सफलता (Success) र धन (Wealth) मध्य कुनै एकजनालाइ 

बोलाउनु भएको भए बाकी दुइजना बाहिरै बस्नुपर्थ्यो तर तपाइले प्रेम (Love) लाई बोलाउनु भयो 

र जहाजहा प्रेम (Love) जान्छ हामि उ सङ्सङ्गै जान्छौ l

जहाजहा प्रेम (Love) हुन्छ त्यहाँ सफलता (Success) र धन (Wealth) पनि अवश्य हुन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *