नेपाली साहित्य अझ बिशेषगरि कबिता मा युवापुस्ताको सङ्गलनता अलि घटेको पो होकि
यसप्रतिको झुकाब र रुचि न्युन हुदैगएको पो होकि जस्तो
एकखाले भ्रमको बादल नेपाली साहित्त्यिक आकाशमा फैलिरहेको बेला
नवराज पराजुलि एस्तो सुनौलो घाम बनेर उदाए कि
कबिता सम्मेलन समारोह हैन कबिता कन्सर्ट को रुपमा एउटा उत्सबको रुपमा मनाउन थालियो
नेपाली साहित्य इतिहासमा एउटा क्रान्ति नै भन्दा शाएद फरक नपर्ला
उनका दर्जनौ अति लोकप्रिय कबिताहरु मध्यको एउटा कबिता पढौ आज
कबिता : तिमि अहिले बाहेक जैले आएकि भएपनि हुन्थ्यो
कबिता सङ्ग्रह : सगरमाथाको गहिराइ
कबि : नवराज पराजुली
.
.
.
तिमि अहिले बाहेक जहिले आएकी भयपनि हुन्थ्यो
अहिले त हेर मेरो ओठमा चेप्नको लागि
म सङ्ग एक खिल्ली खुसि पनि छैन l
अहिले त हेर मेरो फोक्सोमा भर्नको लागि
म सङ्ग एक सर्को शान्ति पनि छैन l
उ चाहदैन कि म सपना देखु
तेसैले निन्द्रा पनि जुत्ता खोल्नुपर्ने बाहाना गर्दै
मेरो ओछ्यानमा नचढि भाग्छ l
तेसैले अहिले म रात लाइ खुट्टा बोकाएर खाटमा पल्टिरहेको छु l
मैले पहिले जस्लाइ प्रेम गरेको थिय
उ दुधिलो मकैको घोगा जस्तै थि
अहिले तिमि उ त्यो खोयालाइ हेर त
त्यो खोयाको जिउभरि जो खाल्डै खाल्डाहरु देखिरहेकि छौ
ति सबै खाल्डाहरु उस्लाइ छोडेर गएका मकैका दानाहरुको याद हो l
आज मभित्र एउटा खोयाको जंगल छ
र म हरेक रात खोयाको एउटा रुख ढाल्छु
तेसको फेदमा आगो बाल्छु
र ताता यादहरुले मेरो घाटि सेकाउछु
यस्तो बेलामा तिमि आएकि छौ
तिमिलाइ म कहाँ बसाउ ?
मेरो वरिपरि त केबल मकैको खोसेलाले बनाएको
एउटा पुरानो गुन्द्रि मात्र छ
त्यो गुन्द्रिमा तिमिलाइ बसाउन
यदि मैले त्यो गुन्द्रि टकटकाए भने
त्यसबाट झर्ने छ मैले उस्लाइ बसाउदा लागेको लोभलाग्दो धुलो l
मकैको बोटले मुटुमा सुप्लो च्यापे झै
तिमिले आफ्नो मुटुमा मायाको सुप्लो च्यापेर
तिमि अहिले बाहेक जहिले आएकि भएपनि हुन्थ्यो l
मैले पहिले जस्लाइ प्रेम गरेको थिय
उ खुर्सानी बम जस्तै थि
सानोमा म र मेरा साथिहरु तिहारमा
खुर्सानी बमको सिङ्गो प्याकेटलाइ सङ्गै राख्थेउ
र एउटा बमको टाउकोमा सलाइ कोरेर आगो लगाउथेउ
तर सारा बमको मुटु पड्केर सिद्धिन्थ्यो
सबै साथिहरु गैसकेपछि म एक्लै बसेर
त्यो पड्किसकेको बारुदको बासना सुँघ्थे
आज म मलाइ छोडेर जानेहरुको बासना सुघ्छु l
पड्किसकेको बारुदको बासना र छोडेर जानेहरुको बासना
ठ्याक्कै उस्तै हुदोरहेछ l
मियस्तोबेलामा ति आएकि छौ
तिमिलाइ म के खान दिउ ?
मेरो वरिपरी त एउटा मसानघाट जस्तो कालो प्लेट छ
जस्मा सेतो चिहान जस्ता म:म हरु छन
एक हातमा अचार र अर्को हातमा अपुङ्गो बोकेर
तिमि अहिले बाहेक जहिले आएकि भएपनि हुन्थ्यो
एउटा चियाकपको पछाडि तिमिलाइ राखेर
अर्को चियाकपको पछाडि आफु बसि
“आधा-कप जति गफ गरौ न त !” भन्दा
तछाडमछाड गर्दै टेबलमा उभिन्छन
उस्ले र मैले खाएका जुठा कपहरु
ति जुठा कपको पिधमा रहेको अलिकति चिया
जस्मा बाकी रहेको अलिकति चिनि
जो अहिले तितो भएको छ
त्यो म हु l
बिर्सिएर यि सबै पुराना बाटाहरु
र यो नया बाटोले कहाँं पुर्याउछ भन्नेपनि बिर्सेर
आधा-परेली जति बाटो सङ्गै हिडौ न त भन्दा
बाटोभरी देख्छु बर्सौदेखि बाटो बिर्सिएर
मेरै बाटो पर्खिरहेका उसका र मेरा जोडी पैतलाका डोबहरु
धुलोमा शास फेरिरहेका जोडी पैतलाका डोब मध्य
बुट्टा बिग्रिएको जुन पैतला छ
त्यो मेरो हो l
तिमिलाइ पुस्तक दिने या तिमिबाट पुस्तक लिने
यो पुस्तौ पुरानो बाहाना गरेर
सरस्वतिका मुर्तिका जस्ता तिम्रा साना हातलाइ
मेरो हत्केलाको एक अनुच्छेदले छोइदिउनत भन्दा
ति किताबका गाताहरु स्वतह खुलिदिन्छन
र देखाइदिन्छन उस्का र मेरा पुराना कथाहरु
ति हरेक कथाको अन्त्यमा
जो मैलो लागेको छ त्यो मैले गर्दा लागेको हो
यस्तोबेलामा ति आएकि छौ
तिमिलाइ म के सुनाउ ?
मेरो वरिपरि त केवल उस्ले छोएर गएका भित्ताहरु मात्रै छन
जस्मा कान थापेर सुन्योभने थाहाहुन्छ कि भित्ताको पनि मन हुन्छ।
तिमि अहिले बाहेक जहिले आएकी भयपनि हुन्थ्यो
तिमि यस्तो बेलामा आएकि छौ कि
तिमिलाइ बस न भन्न मेरा ओठ डराउछन
र तिमि गएको हेर्न मेरा आखा डराउछन
तिमि अहिले बाहेक जहिले आएकी भयपनि हुन्थ्यो
तिमि अहिले बाहेक जहिले आएकी भयपनि हुन्थ्यो
तिमि अहिले बाहेक जहिले आएकी भयपनि हुन्थ्यो
तिमि जहिले आएकी भयपनि हुन्थ्यो ।