नेपाली साहित्य ले पछील्ला केही बर्षहरुमा पाएको सबैभन्दा प्रिय उपहार हो प्रदिप रोदन l

नयाँ युवापुस्ता र साहित्यको दुरी लम्बिदै गएको पो होकी भन्ने आशन्का कताकता पलाउन शुरु भएजस्तो मात्र
भएको बेला प्रदिप एउटा एस्तो पुल बनेर आए जस्ले नेपाली गजल तथा साहित्य त्यती नसुन्ने हरुलाई पनि जोडीरहेका छन l

गोर्खा जिल्लामा जन्मे हुर्केका उनी पेशाले एक शिक्षक हुन l

हामी सबैको बुझाई हो, गर्दैजादा अनुभवले हो मान्छे लाई निखार्ने, कलालाई तिखार्ने
तर प्रदिप रोदन भने बि.स. २०६९/७० तिर मात्र लेखाइ शुरु गरेको हुँ भन्नुहुन्छ l

शायद अनुभव भनेको के काम गरियो, कतिन्जेल गरियो भन्दा पनि जिन्दगी कसरी बाचियो
भन्ने कुराको मापन पनि हो रहेछ नत्र 6/7 बर्षको साहित्य यात्रााले मात्र खुकुरी जस्ता धारिला, बिहानिजस्ता आशलाग्दा,
पहिलोप्रेम जस्ता मिठा गजलहरु जन्माउदैन र साथमा एक लेखक बन्न चाहिने बारादान भरपुर लिएर आएक हुनुपर्छ l

तारिफमा जतिनै धेरै शब्द ले सजाउन खोजेपनी अझै पुगेन की जस्तो महशुस हुन्छ एस्ता ब्यक्ती हुनुहुन्छ प्रदिप
अब उहाका केही गजल शेर हरु नै पढुम l

1.

जुत्ता देख्नेले पनि मोजा देख्न पाएको छैन
भन्नुस त यहाँ कस्ले ब्यथा लुकाएको छैन

प्रतियोगिता थियो जिन्दगी झल्किने तस्बिरको
बिजेताले पानामा केही बनाएको छैन

धेरै बर्षदेखी बच्चाहरुले छोइ खेलिरहेछन
सरकार धन्न तारमा बिजुली आएको छैन

उज्यालोले खान्छ बरु उज्यालो हेर्ने आँखा
यो अध्यारोले कसैको आँखा खाएको छैन

पर्खाल लगाएर बसिसकेछ तिम्रो शहर
म जान्छु मैले गाउमा ढोका लगाएको छैन

2

तिमी अर्कैकी भयौ भन्ने खबर कानमा पर्‍यो
तेही दिनबाट मेरो जिन्दगी दुबानमा पर्‍यो

पुरा भयो परालहरुको गुन्द्री बन्ने सपना
जब चोटैचोट खाएको हतासो तानमा पर्‍यो

आफ्नो आफ्नो भाग्य भनेको एही हो साएद
एउटा फुल मदिरमा पर्‍यो अर्को चिहानमा पर्‍यो

मैले बाँच्नकै लागि रङ्ग फेरेको हुँ महोदय
एस्तै भो एउटा बकुल्लो कागको बथानमा पर्‍यो

3

मलाई लगेर गाडीदिनुस् जिम्मा माटोलाइ दिनुस
यो उनी बसेको छाती हो आगो नलगाइ दिनुस

मैले हजुरकै खुशीको लागि मर्ने निर्णय गरे
अन्तिममा अब एकपटक त मुस्कुराइ दिनुस

आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ
छोरा मरेको खबर आमालाई नसुनाइ दिनुस

डाक्टर साब म चामल बेचेर जचाउन आएको हुँ
बिन्ती मलाई खालिपेटमा खाने दवाइ दिनुस

भगवान तपाईंले आजसम्म मलाई रुवाउनु भयो
आज म्रित जन्मेको यो बच्चालाई रुवाइ दिनुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *