एउटा बगिरहेको नदिमा काठ बग्छन, ढुङ्गा बग्छन, लुगा बग्छन लाशहरु बग्छन, सपना बग्छन आशहरु बग्छन ।
कहिल्यै सोच्नु भएको छ नदिले के सोच्दो हो?
उस्लाई भारि लाग्दैन होला कसैको लाश बगाउदाँ?
उस्को मन अ्मिलो हुदैन होला र मान्छेका आश बगाउदाँ?
अन्जान प्रदिप ले सोच्न बाध्य पार्नु भो । यतिबेला उहाँले लेख्नु भएको नाटक ‘युद्धका घाउहरु २.०’ मन्चन भैरहेको छ मन्डला थिएटरमा ।

एउटा सन्दर्भ छ,
रगतले भिजेको माटोमा उम्रेको अन्नको स्वाद नमिठो हुदो हो, त्यसैले बाँझा झन अहिले खेलबारि हरु ।
जनयुद्द पछि रित्तिएका गाँउ र बिरक्तिएका जवानहरुको कथा, मानसिकता र आवाज उठाईरहेको छ कसैले ।
साहित्य समाजको ऐना हो, यो हामिले बर्षौदेखि सुन्दै आयौ।
तर एउटा नयाँ बिचार को डिलमा उभिएर लेख्ने हरु छन – साहित्य समाजको ऐना हैन हथौडा बन्नुपर्छ ।
र एउटा हथौडो बोकेर त्यो ऐना टुक्राउन खोज्दैछन
सायद अन्जान प्रदिप र नाटक ‘युद्धका घाउहरु २.०’ का कलाकार हरु ।
Wounds of War । Mandala Theatre । Theatre in Kathmandu । Theatre in Nepal